तपेन्द्र रावल स्मृति कोषबाट विद्यार्थीलाई स्कुल ड्रेस प्रदान

दैलेख : नेपाली सेनाका सेनानी स्वर्गीय तपेन्द्र रावल स्मृति कोषले यो वर्ष २९ जना विद्यार्थीहरुलाई विद्यालयको पोशाक वितरण गरेको छ ।

बसन्त मावि किमुगाउँमा अध्ययनरत विद्यार्थीहरुलाई कोषबाट प्राप्त व्याज रकमले विद्यालय पोशाक बितरण गरिएको हो । कक्षा १ देखि कक्षा १२ सम्म विद्यालयमा प्रथम र द्धितिय भएका विद्यार्थीहरु २० जना आर्थिक अवस्था कमजोर भएका अन्य ९ जनालाई वितरण गरिएको छ ।

छोराको सम्झनामा अक्षय कोष खडा गरिएको र सोही रकमको व्याजबाट आउने रकमले हरेक वर्ष विद्यर्थीहरुलाई पुरस्कार स्वरुप विद्यालयको ड्रेस वितरण गरिएको तपेन्द्र रावल स्मृति कोषका अध्यक्ष एवं स्वर्गीय तपेन्द्र रावलका बुवा बलबहादुर रावलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार